धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

१५ वर्षकी किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा ५५ बर्षे पुरुष पक्राउ

१५ वर्षकी किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा ५५ बर्षे पुरुष पक्राउ

धनगढी
 १५ बर्षिया किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा कञ्चनपुरबाट ५५ बर्षे पुरुष पक्राउ परेका छन् । 
 प्रहरीका अनुसार लालझाडी गाउँपालिका–२ का ५५ बर्षे चन्द्रकान्त लुहारलाई किशोरी माथी यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो ।

 स्थानीय १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा लुहारलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले बताए ।
 पक्राउ परेका पुरुषमाथि थप अनुसन्धान भइरहेको पाथाले बताए ।