धनगढी पोष्ट
बिहिबार, २२ असोज २०७७ मा प्रकाशित
धनगढी
तिन महिना देखि अबरुद्ध भएको मार्तडी–कोल्टि सडक सञ्चालनमा आएको छ । बर्षा रोकिए सँगै बुधवारबाट नियमित यातायात सञ्चालन भएको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले वताए।
असारको पहिलो साता अबरोध भएको सडक पानी कम भए सँगै काम शुरु गरेपछि सडक सञ्चालनमा आएको हो । बुढिनन्दा नगरपालिकाले आफ्नो क्षेत्रमा यो भन्दा पहिला नै सडक खुलाइसकेको थियो ।
सडक सञ्चालन भएपछि उत्तरी क्षेत्रका स्थानीय तह हुम्ला र मुगुका बासिन्दालाई सहज भएको छ । दशै तिहार सँगै सडक सञ्चालन आउनुले दैनिक उपभोग्य सामान ढुवानीमा समेत सहजता भएको छ ।