धनगढी पोष्ट मङ्गलबार, ०३ भदौ २०८३   August 18, 2026

भारतबाट अवैध रुपमा ल्याइएका २५ हजार माछाका भुरा नष्ट

भारतबाट अवैध रुपमा ल्याइएका २५ हजार माछाका भुरा नष्ट

धनगढी

 भारतबाट अवैधरुपमा धनगढी ल्याइएका २५ हजार बराबर माछाका भुरा बरामद गरी नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको प्रहरी टोलिले भारतबाट अवैध तरिकाले ल्याइएका माछा धनगढी७ वेलीबाट बरामद गरेको थियो ।

 बरामद माछा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको प्राङ्गणमा नष्ट गरिएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । नष्ट गरिएका माछाको अनुमानित मुल्य १ लाख ५० हजार रहेको जनाइएको छ ।