धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदुरपश्चिम प्रदेशको  ३३ अर्ब ३८ करोडको बजेट

सुदुरपश्चिम सरकारले  आर्थिक बर्ष २०९९।२०७८ को ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट सार्वजनिक गरेको छ ।

सुदुरपश्चिम प्रदेशको  ३३ अर्ब ३८ करोडको बजेट

 

स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब भन्दा बढी बजेट

 सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । मन्त्री बोहराले स्वास्थ्य क्षेत्रमा ३ अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन गरेको जानकारी दिए । यस वर्ष कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्र सुधारका योजनामा बढी बजेट विनियोजन गरेको छ ।

 

स्वरोजगार कार्यक्रमा प्राथमिकता 

  स्वास्थ्य क्षेत्रको सुधार, कोरोनाका कारण रोजगारी गुमाएकाहरूलाई स्वरोजगारका कार्यक्रममा प्राथमिकताका साथ बजेट परेको छ । कोरोनाका कारण रोजगारी तथा आयश्रोत गुमाएका प्रदेशवासीलाई रोजगारी दिलाउने खालका कृषि कार्यक्रम, पूर्वाधार विकासका योजना र उद्योग विकासका कार्यक्रम अगाडी सारिएको छ ।

 

सडक पुर्वाधारमा पौने पाँच अर्ब

  सुदूरपश्चिम प्रदेश सरकारले सडक निमार्ण आयोजनाका लागि करिब पौने पाँच अर्ब बजेट विनियोजन गरेको छ ।  प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बोहराले आगामी आर्थिक वर्षमा ५ सय २८ किलोमिटर सडक निमार्ण गर्न ४ अर्ब ७२ करोड बजेट विनियोजन गरेको बताए ।

 सिचाई योजनामा १ अर्ब  

सिँचाइ योजनाका लागि १ अर्ब बढी बजेट विनियोजन

सुदूरपश्चिम प्रदेश सरकारले सिँचाइका योजनाका लागि १ अर्ब बढी बजेट विनियोजन गरको छ । आगामी आर्थिक वर्षमा ९ वटै जिल्लाका लागि १ अर्ब ४१ करोड सिँचाइ योजनामा खर्चिने सोमबार सार्बजनिक गरेको बजेटमा उल्लेख छ ।

धनगढी

  सुदुरपश्चिम सरकारले  आर्थिक बर्ष २०७६।२०७७ को ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट सार्वजनिक गरेको छ ।

  सुदुरपश्चिम प्रदेश सभामा सोमाबार आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रस्तुुत गरेको बजेटमा चालु खर्च १४  अर्ब १८ करोड ७८ लाख ६० हजार अर्थात ४२।४ प्रतिशत  र पुँजीगत खर्च १६ र्अ ७५ करोड ८४ लाख अर्थात ५०।२ प्रतिशत बिनियोजन गरिएको  छ ।

  अन्तर सरकारी बित्तीय व्यवस्थापन तर्फ २ अर्ब १३ करोड रबित्तीय व्यवस्थापन तर्फ ३० करोड बिनियोजन गरिएको छ ।