धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बाजुरामा अस्पताल लैजादै गर्दा गर्भवती महिलाको मृत्यु, दुई बर्षमा ७ महिलाले गुमाए ज्यान

बाजुरामा अस्पताल लैजादै गर्दा गर्भवती महिलाको मृत्यु, दुई बर्षमा ७ महिलाले गुमाए ज्यान

धनगढी

 सुत्केरी व्यथा लागेकी महिलालाई समयमै अस्पताल पु¥याउन नसकदा बाजुराकी एक महिलाको बाटोमा मृत्यु भएको छ ।

 बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ४ कुरुमा सुत्केरी व्यथा लागेपछि अस्पताल लैजाने क्रममा २३ वर्षीय अम्बकला रोकायाको बीहिबार राति मृत्यु भएको वडा नम्बर४ का वडाध्यक्ष राजन रोकायाले वताए ।

 रोकायालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाने क्रममा मृत्यु भएको उनले बताए । गाँउमा प्रसुती सेवा केन्द्र नहुँदा सुत्केरी वयथा लेगेकी महिलालाई ५ घण्टा सम्म बोक्नुपर्ने बाध्यता छ उनले भने–‘समयमै स्वास्थय केन्द्र पु¥याउन नसक्दा यस बर्ष मात्रै दुई महिलाले अकालमै ज्यान गुमाएका छन् ।

 सुत्केरी ब्यथा लागेकी उनलाई गाँउमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ प्रसुती सेवाका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी नभएका कारण कोल्टी पठाईएको थियो ।

 कुरु गाँउमा प्रसुती केन्द्र स्थापना नहुदा त्यहाँका महिलाहरुले समस्या भोग्दै आएका छन् । उनका अनुसार समयमै अस्पताल पु¥याउन नसक्दा बिहीबार मृत्यु भएकी अम्बकला सहित दुई बर्षको अवधिमा ७ जना सुत्केरी महिलाको मृत्यु भएको छ ।

 अध्यक्ष रोकायाले कार्यपालिका बैठकमा बुढिनन्दा नगरपालिका ४ को स्वास्थ्य आधारभुत इकाईमा प्रसुती केन्द्र स्थापना गर्ने प्रस्ताव पेश गरिएकोमा सो प्रस्ताव पारित हुन नसकेको बताए ।

 बाजुरामा गत आर्थिक बर्षमा सुरक्षित प्रसुती सेवा नपाएर ५ जना सुत्केरी महिलाको मृत्यु भएको थियो ।