धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कञ्चनपुरका ४४ जना फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

कञ्चनपुरका ४४ जना फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

धनगढी

 कञ्चनपुरमा अदालतबाट सजाय भई फरार रहेका ४४ जना लाई प्रहरीले नियन्त्रणमा लगेर अदालतमा बुझाएको छ ।

 चालु आर्थिक वर्षमा विभिन्न मुद्दामा दोसी ठहर गर्दै कञ्चनपुर अदालतबाट सजाय तोकिएका तर फरार रहेका ४४ जना लाई पक्राय गरी अदालतमा बुझाइएको जिलला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्ष अमरबहादुर थापा क्षेत्रीले बताए ।

 उनका अनुसार जबरजस्तीकरणी, सामूहिक जबरजस्तीकरणी, जबरजस्तीकरणी उद्योग, जालसाजी, चोरी, अवैध मुद्रा, वन पैदावार हानी नोक्सानी, कुटपिट लगायतका मुद्दामा सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।

 पक्राउ पर्ने मध्य अपहरण शरिर बन्धक जबरजस्तीकरण मुद्दामा दोसी ठहरिएका ६ जना, जबरजस्तीकरणी मुद्दामा दोसी ठहरीएका तीन जना, जबरजस्तीकरणी उद्योग र सामूहिक जबरजस्तीकरणी मुद्धामा दोसी ठहरिएका एक÷एकजना, वन पैदावार हानी नोक्सानी मुद्दाका तीन रहेका छन् ।

 यस्तै वन पैदावार वेच विखन तथा अबैध उत्खनन्मा दोसी ठहरिएका  तीन जना, विवाह सम्बन्धी मुद्दाका दुई जना, कुटपिटको मुद्दाका तीन जना, सवारी ज्यान मुद्दाका एक जना, बहुविवाह मुद्दाका दुईजना, चेक अनादर मुद्दाका एकजना फरार प्रतिवादी पनि पक्राउ परेका प्रहरी प्रबक्ता थापा क्षेत्रीले बताए ।

 मोटरसाईकल चोरी, जालसाचीचितुवाको छाला ओसारपसार, अवैध मुद्दा सम्बन्धी, नकबजनी चोरी, झुठ्ठा बकपत्र गरेको मुद्दाका एक÷एक जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।