धनगढी पोष्ट
शुक्रबार, २३ असोज २०७७ मा प्रकाशित
धनगढी
बैतडीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । पञ्चेश्वर गाउँपालिका–४ आमचौराबाट कुलाउका लागि छुटेकोे से १ ज ८८८ नम्बरको बोलेरो जीप शुक्रबार बिहान १० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनामा गरी पञ्चेश्वर गाउँपालिकाका कर्मचारी प्रेमराम सार्की, स्थानीय बहादुराम सार्की, बलवीर सार्की, फल्चडे सार्की अर्का प्रेम सार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक गैरी प्रशाद जैशीले बताए ।
घाईते पाँच जना बाहेक अन्यको अवस्था सामान्य रहेको उनले बताए । जीपमा १२ जना सवार रहेका र घाईतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भईरहेको उनले बताए । घाईतेमध्ये कर्मचारी प्रेमराम सार्कीलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गर्ने तयारी भईरहेको प्रवक्ता जैशीले बताए ।
बोलेरो जीप सडकबाट करिब एक सय मिटर तल खसेको र हल्दु बिनायक प्रहरी चौकीको टोली घटना स्थलमा पुगिसकेको प्रबक्ता जैसीले बताए ।