धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

अपाङ्गता अधिकार प्रबद्धन सम्बन्धि दुईदिने तालिम सम्पन्न

अपाङ्गता अधिकार प्रबद्धन सम्बन्धि दुईदिने तालिम सम्पन्न

धनगढी

 अपाङ्गता भएका व्यक्तिहरुका लागि लैङ्गिक जवाफदेही र समावेसी बिकासका लागि अपाङ्गता अधिकार प्रबद्धन समबन्धि दुई दिने तालिम धनगढीमा सम्पन्न भएको छ ।

 जुरी नेपाल, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ(एनएनडिएस डब्लु) को संयुक्त आयोजना तथा युएन ओमेनको आर्थिक सहयोगमा सम्पन्न तालिम बिहीबार सुरु भएर शुक्रबार सम्पन्न भएको हो ।

 नेपालको संविधान २०७२ मा अपाङ्गता भएका व्यक्तिहरुका लागि ऐनले सुरक्षित गरेका अधिकार तथा विद्यमान ऐन कानूनका बारेमा जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको एनएनडिएस डब्लुओ कैलालीका सामाजिक विकास अधिकृत प्रकाश पौडेलले बताए ।

 तालिममा अपाङ्गता र लैगिकता सम्बन्धि समबुझाई, समावेसीकरणका लागि सुशासन, अपाङ्गता मैत्री संरचना सेवा र अधिकार, अपाङ्गता सम्बन्धि अन्तराष्ट्रिय, राष्ट्रिय कानून र प्रतिबद्धताहरु, स्थानीय सुशासन र अपाङ्गता समावेसिकरण तथा अपाङ्गताका सवालमा सरोकारवालाहरुको भूमिकाका बारेमा जानकारी गराइएको थियो ।

 तालिममा राष्ट्रिय अपाङ्ग महाँसंघ नेपालका केन्द्रिय महाँसचिव राजु बस्नेत र महाँसंघका सुदूरपश्चिम अध्यक्ष उपेन्द्र बहादुर कडायतले प्रशिक्षण गराएका थिए ।

 तालिम उद्घाटन एनएनडिएस डब्लुओ कैलालीका अध्यक्ष चक्र विकले व्यानर पढेर उद्घाटन गरेका थिए भने समापन पनि अध्यक्ष विकलेनै गरेका थिए ।

 एनएनडिएस डब्लुओ कैलालीका सामाजिक बिकास अधिकृत प्रकाश पौडेलले सञ्चालन गरेको तालिममा सामाजिक विकास अधिकृत लिला नेपालीले स्वागत संगै कार्यक्रमको उद्देश्य प्रकाश पारेकी थिइन् ।

 तालिममा कैलारी गाउँपालिकाको दिप अपाङ्ग मानव अधिकार संस्थाबाट ७ जना, धनगढीको फूलवारी अपाङ्ग संस्थाबाट ५ जना, एच.डिडि.एस.एनबाट ५ जना, एपिआई क्लवका ५ जना, महिला संस्थाबाट २ जना र सीबिओका २ जना गरी २४ जनाको सहभागिता रहेको थियो ।