धनगढी पोष्ट
शुक्रबार, २३ असोज २०७७ मा प्रकाशित
काठमाडौँ
नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउने ६ सय पुगेका हुन् । २४ घण्टामा ९ पुरुष र एक महिलाको मृत्यु भएको हो ।
झापाका २९ र ५२ वर्षीय पुरुष, सुनसरी ४६, ५२ र ६८ वर्षीय पुरुष, काठमाडौँका ७१ वर्षीय पुरुष र ८७ वर्षीया महिला, ललितपुरका ८४ वर्षीय पुरुष तथा रुपन्देहीका ४७ र ८४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।