धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

१ बर्षमा २ सय १० करणी मुद्धा

१ बर्षमा २ सय १० करणी मुद्धा

धनगढी
 सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा आर्थिक बर्ष २०७६ साउन देखी चालु आर्थिक बर्ष २०७७ असोज सम्मा २ सय १० जबरजस्ति करणी मृद्धा दर्ता भएका छन् । 
 सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदेशका ९ जिल्लामा दर्ता भएका जबरजस्ति करणी मुद्धामा २ सय ५४ प्रतिवादी रहेकोमा २ सय ३१ जना बिरुद्ध अदालतमा मृद्धा दर्ता गरिएको   छ । 
 आरोपित मध्य अझै १५  जना भने फरार रहेका प्रहरीले जनाएको छ । प्रदेश प्रहरी प्रबक्ता एसएसपि मुकेसकुमार सिंहका अनुसार २०७६ साउन १ गते देखी २०७७ असोज सम्म सवै भन्दा बढी जबरजस्ति करणी मुद्धा कैलाली अदालतमा दर्ता भएका छन् । सो अवधिमा कैलालीमा ९४ जबरजस्ति करणी मुद्धा दर्ता भएकोमा १ सय जना विरुद्ध मुद्धा दायर गरिएको एसएसपि सिंहले बताए । 
 सिंहका अनुसार कञ्चनपुरमा ४३ जबरजस्ति करणीकामा ५२ जना माथी मुद्धा दायर गरिएको छ । अछाममा १५ करणी हुँदा २३ जना, बझाङका १५ करणी मुद्धामा १६ जना, बाजुरामा १० करणी मुद्धामा ११ जना, डोटीमा ७ मुद्धा दर्ता हुादा ८ जना, डडेल्धुरामा १० करणी मुद्धा दर्ता हुँदा १२ जना, बैतडीका ३ करणी मुद्धा दर्ता भएकोमा ५ जना र दार्चुलामा ११ करणी मुद्धामा ११ जना विरुद्ध मुद्धा दायर गरिएको प्रबक्ता सिंहले बताए ।