धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

३ महिनामा १३ युवति आफन्तबाटै बलात्कृत

३ महिनामा १३ युवति आफन्तबाटै बलात्कृत

धनगढी

 सुदूरपश्चिममा चालु आर्थिक बर्षको ३ महिनाको अवधिमा बलात्कार सम्बन्धी परेका १८ उजुरी मध्य १३ जना युवति बुबा, भाई, मामा, छोरा, ठुला बुबा बाट बलात्कृत भएका छन् ।

 बलात्कृत हुने अधिकांस १५ बर्ष भन्दा मुनिका रहेको प्रहरीको त्थ्याङ्कले देखाउँछ ।

 सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्क अनुसार असार १७ गते बैतडीको पञ्चेश्वर गाउँपालिका४ मा आफ्नै बुबाले ११ बर्षे छोरीलाई बलात्कार गरेको भन्दै जिप्रका बैतडीमा जाहेरी परेकोमा साउन १ गते मुद्धा दर्ता गरिएको छ ।

 डडेल्धुराको भागेश्वर गाउँपालिका ४ मा काकाले भतिजिलाई र बाजेले नातीनीलाई पटकपटक बलात्कार गरेको आरोपमा उनिहरुलाई साउन १ गते पक्राउ गरी अलादतको आदेशपछि पुर्पक्षका लागि थुनामा राखिएको छ । उनिहरुले फागुन देखी बालिकालाई पटकपटक बलात्कार गरेको आरोप छ ।

 बाजुराको बुढी गंगा नगरपालिका२ का २७ युवकले आफ्नै १४ बर्षकी छोरीलाई २०७६ पुष देखी पटकपटक बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । उनलाई साउन २९ गते पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

 कञ्चनपुरको बेलौरी नगरपालिका५ मा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ गरेका छन् । उनलाई साउन ३० गते पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

 कञ्चनपुरकै वेदकोट नगरपालिका५ मा मामाले भान्जिलाई बलात्कार गरेको आरोपमा प्रहरीले २८ बर्षे युवकलाई साउन ४ गते पक्राउ गरी उनिमाथी थप अनुसनधान भइरहेको छ ।

 कञ्चनपुरकै लालझाडी गाउँपालिका६ मा छोराले आमालाई करणी गरेको भन्दै परेको आरोपमा प्रहरीले भदौ १२ गते उनलाइ पक्राउगरी पुर्पक्षका लागि आरोपित छोरालाई कारागार चलान गरिएको छ ।

 दार्चुलामा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा युवकलाई प्रहरीले पक्राउ गरी भदौ २२ गते देखी उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको ।

 बैतडीको सिगास गाउँपालिका८ मा दाजुले बहिनीलाई बलात्कार गरेको आरोपमा युवकलाई साउन २८ गते पक्राउ गरी अनुसन्धान भइरहेको ।

 डडेल्धुराको भागेश्वर गाउँपालिका१ मा दाजुले बहीनीलाई जबरजस्ती करण गरेको आरोपमा प्रहरीले भदौ १५ गते एक युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको ।

 डोटीको जोरायल गाउँपालिका५ मा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा १ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको ।

 कैलालीको गोदावरी नगरपालिका३ मा ११ बर्षे छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १ जनालाई साउन १९ गते पक्राउ गरी अनुसन्धान गरीरहेको ।

 साउन ४ गते कैलालीको घोडाघोडी नगरपालिकामा बुबाले आफ्नै १४ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ ।

भदौ १८ गते कैलालीको गोदावरी नगरपालिका ११ मा १९ बर्षे युवकले आफ्नै बहिनीलाई करणी गरेको आरोपमा पक्राउ ।

 यसरी हेर्दा चालु आर्थिक बर्षमा भएका जबरजस्ति करणी तथा बलात्कार समबन्धि परेका उजरी मध्य ९२ प्रतिशत घटना आफ्न्तबाट भएको प्रहरीको तथ्याङ्क छ ।

किन आफन्तबाटै असुरक्षित छोरी

 पछिल्लो समय अधिकांस युवतिहरु परिवारकै सदस्यबाट बलात्कृत हुँदा नैतिक शिक्षा र चेतना स्तरमा प्रश्न उठ्न थालेको छ । के समाजमा नैतिक शिक्षाको खडेरी परेको छ त भन्ने प्रश्न समेत यो ३ महिनाको तथ्याङ्कले उब्जाएको छ ।

 ‘समुदायमा नैतिकताको खाँचो अपरिहार्य जस्तै देखिएको छ सुदूरपश्चिम प्रदेश प्रहरी प्रबक्ता मुकेशकुमार सिंहले भने–‘अहिले सम्मको ट्रेन हेर्दा नैतिक शिक्षा नहुनु र खराब आचरण भएका व्यक्तिबाट यस्ता घटना भएका छन् ।

 समाजिक संस्कार र संस्कृतिले पनि सामाजमा यस्ता खालका घटना हुन बाट रोक्ने गरेको बताउादै उनले पछिल्लो समय सामाजिक संस्कारमा विचलन आउन थालेको बताए ।

 ‘समाजमा धेरै बालबालिका अन्यायमा पर्नेगरेका भएपनि कतिपय बालिकाले आफुमाथी भएको अन्याय बाहिर ल्याउन सक्दैनन् एसएसपि सिंहले भने–‘तर अभिभावकले थोरै चनाखो भएमा घटना बाहिर आउन सक्दछ, त्यसैले आफ्ना बालबलिकोको हाउभाउ र रहन सहनका बारेमा अभिभावकले बढी जानकाररी लग्नु पर्दछ ।

 कतिपय अवस्थामा भने परिवारलाई घटनाका बारेमा जानकारी हुँदाहुँदै इज्जत जाने डरले घटना बाहिर ल्याउन नमान्दा दोसीले उन्मुक्ति पाउने मात्र नभई तिनै व्यक्तिबाट थप हिंसा हुनेगरेको प्रबक्ता सिंहको भनाई छ ।  

 अधिकार कर्मी सावित्री घिमिरे आफन्तबाट युवति असुरक्षित हुनु नौलो नभएपनि बाहिर आउनु नौलो भएको बताउँछिन् ।

  बर्षौ देखी छोरीहरु घर परिवारबाटै असुरक्षित हुँदैआएकोमा परिवारको इज्जत, मान र प्रतिष्ठानको डरले अन्याय लुकाउन बाध्य हुदै आएका थिए उनले भनिन्–‘तर चेतनाको स्तर बढ्दै जाँदा महिलाहरुले आफु माथी भएको अन्याय बाहिर ल्याउन थालेका छन्, जसका कारण अहिले त्यसता घटना बढेका देखिन्छन् ।

 नैतिकताको सवालमा घिमिरे र प्रहरी प्रबक्ताको एउटै भनाई छ । समाजलाई चेतनशिल बनाउँन नैतिकताको पाठ सिकाउनु आवश्यकछ अकिार कर्मी घिमिरेले भनिन्–‘अहिलेको पिढीमा नैतिकता हराएको छ ।

 उनले कानूनको कढाईका साथ पालना नगर्दा र पहुचका भरमा दोसीलाई उन्मुक्ति दिने खालका क्रियाकलाप हुँदखा अपराध झनै बढ्ने गरेको बताइन् ।

 ‘यस्तो प्रपृतिलाई निरुत्साहन गर्न दण्ड हिनताको अन्त्य हुनुपर्दछ उनले भनिन्–‘समाजका हरेक नागरिकलाई नैतिक शिक्षा दिनु पर्दछ ।