धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बैतडीमा बिहीबारदेखि नियमित हवाई उडान, ३ हजार भाडा

बैतडीमा बिहीबारदेखि नियमित हवाई उडान, ३ हजार भाडा

धनगढी

 सुदूरपश्चिमको बैतडीमा बिहीबार देखी साताको १ दिन भर्नेगरी पुनः नियमित उडान हुनेभएको छ ।

 २०५२ साल देखी उडान बन्द भएको बैतडीको पाटन एयरपोर्ट मा २५ बर्ष पछि पुनः हवाई सेवा सुचारु गर्ने गरी समिय एयर संग सम्झौता भएको हो ।

 पाटनका लागि धनगढीबाट उडान हुने छ । धनगढीबाट बिहान साढे ११ बजे पाटनका लागि उडान भर्ने बतार्ईएको छ । १७ मिनेटमा धनगढीबाट बैतडी पुग्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार धनगढीपाटनको भाडादर ३ हजार ८०२ कायम गरिएको छ ।

 असोज १७ हवाई उडानका लागि पिचको परिक्षण गरिएकोमा परिक्षण सफल भएपछि नियमित उडान थाल्ने तयारी थालिएको हो ।

 ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले ११ करोडमा विमानस्थल कालोपत्रको काम गत माघमा सम्पन्न गरेको थियो । पाटनमा विमानस्थलमा ५ सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको छ । ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको हो ।

 २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो ।