धनगढी पोष्ट
आइतबार, २५ असोज २०७७ मा प्रकाशित
धनगढी
कैलालीको धनगढीबाट लागु औषद ब्राउन सुगर सहित आइतबार ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका– ३ बाट दुई जना र वडा नम्बर–४ बाट १ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार धनगढी वडा नम्बर–३ बाट धनगढीकै वडा नम्बर–१३ का २७ बर्षे शुशिल चौधरी र २६ बर्षे बाल गोविन्द रानालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका मध्य शुशिल चौधरीको खल्तिबाट १ ग्राम ३ सय १० मिलिग्राम ब्राउन सुगर, मोबाईल एक थान र नगद ३ हजार ९ सय ४५ बरामद गरिएको छ ।
चौधरी संगै पक्राउ परेका बाल गोविन्दको खल्तिबाट १ ग्राम ७ सय २० मिलिग्राम ब्राउन सुगर र मोबाईल एक थान बरामद गरिएको डिएसपी विष्टले बताए ।
यसैगरी धनगढी–४ बाट आइतबार नै १५ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित चन्द्रशेखर शाहीलाई पक्राउ गरिएको छ ।
उनलाई सुदूरपश्चम प्रदेश प्रहरी कार्यालय दिपायल र कैलाली प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी प्रवक्ता विष्टले बताए । पक्राउ परेका तीनै जना विरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको विष्टले बताए ।