धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

दार्चुला सदरमुकाममा अनिश्चित कालिन निषेधाज्ञा

दार्चुला सदरमुकाममा अनिश्चित कालिन निषेधाज्ञा

धनगढी

 एकै पटक ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि दार्चुला जिल्लामा अनिश्चित कालिन निशेधाज्ञा जारी गरिएको छ ।

दार्चुलाको ददरमुकाम रहेको महाकाली नगरपालिका ४ र ५ मा कन्ट्याक्ट ट्रेसिङ गरिएका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण थप फैलिन नदिन अनिश्तिचत कालिन निषेधाज्ञा जारी गरिएको बैतडीकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी) ले बताइन् ।

 दशै नजिकिदै गर्दा बजारमा अनावश्यक भिड बढ्नथालेको र त्यसले कोरोना संक्रमण थप फैलन सक्ने देखिएकाले अर्को सुचना जारी नहुँदा सम्मका लागि निशेधाज्ञा जारी गरिएको सहायक प्रजिअ जोशीले बताइन् ।

 उनको भनाईअनुसार हाल जारी गरिएको निषेधाज्ञा दशै सम्मका लागि जारी रहन सक्ने छ । तर त्यसका लागि निर्णय भने भएको छैन ।

नगरपालिकामा संक्रमणको जोखिम बढुनका साथै समुदाय स्तरमा कोरोना संक्रमण फैलन सक्ने देखिएको भनदै महाकाली नगरपालिका ४ को सम्पूर्ण क्षेत्र र वडा नं. ५ को गल्फै, ऐरान, तल्लासैन र मोहती क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ ।

 बिहीबार रातिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि निषेधाज्ञा लागू गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् ।