धनगढी पोष्ट शुक्रबार, ०४ बैशाख २०८३   April 17, 2026

कैलालीका मठमन्दिरमा दशैको पूजा आराधना गर्न नपाइने

कैलालीका मठमन्दिरमा दशैको पूजा आराधना गर्न नपाइने

धनगढी

 कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जिलला प्रशासन कार्यालय कैलालीले मन्दिर तथा शक्तिपिठहरुमा गरिने पूजा आराधना गर्न रोक लगाउने निर्णय गरेको छ ।

 शनिबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले घटस्थापनादेखि दशमी सम्म सञ्चालन हुने सामुहिक पूजा आरधना, शक्तिपिठ तथा मन्दिरमा हुने पूजा आरधनामा रोकलगाइएको उल्लेख गरेको छ ।

 प्रशासनले विज्ञप्ति मार्फतनैदशै अवधिभर एक आपसमा भेला हुने, सामुहिक शुभकामना आदानप्रदान गर्ने जस्ता कार्य गर्न समेत प्रतिबन्ध लगाएको छ । दशै अवधिभर कुनै पनि राजनीतिक भेटघाट सामुहिक शुभकामना आदानपर्दान गर्न समेत प्रतिबन्ध लगाइएको विज्ञप्तिमा उल्लेख छ ।