धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

भीरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

भीरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

धनगढी

 दार्चुलाको लेकम गाउँपालिका२ मा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ७७ बर्षे नन्दराज भट्ट रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भिरमा खर काट्न गएका वेला शुक्रबार बेलुकी तिर लडेर उनको मृत्यु भएको हो ।