धनगढी पोष्ट आइतबार, २८ बैशाख २०८२   May 11, 2025

असईको घाँटी रेटी हत्या, बेपत्ता प्रहरीको खोजी जारी

असईको घाँटी रेटी हत्या, बेपत्ता प्रहरीको खोजी जारी

धनगढी

  अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोबिन्द विकको हत्या भएको देखिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक बिकको हत्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदीले बताए ।

 डिआईजी सुवेदीले भने–‘असईको हत्या गरी मोहना नदीमा फालिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनको घाँटीको तलबाट रेटिएको पाईएको सुवेदीले बताए ।

 चौकीका ईन्चार्ज विक र प्रहरी जवान रामबहादुर साउँद शनिबार रातिदेखि वेपत्ता थिए । साउँद भने अझै वेपत्ता रहेका छन् । वेपत्ता प्रहरीको खोजीका लागि गोताखोर टोली घटनास्थल पुगेको छ । सशस्त्र प्रहरीको अत्तरिया स्थित ७ नम्बर बाहिनीको गोताखोर टोली घटनास्थल पुगी बेपत्ता साउँदको खोजी गरिरहेको छ ।

 धनगढी उपमहानगरपालिका १२ जुगेडाको त्यस एरियामा भारतबाट बिभिन्न सामान अबैध रुपमा नेपाल ल्याउने गरिएको छ । त्यस क्षेत्रमा तस्करको ठुलो संजाल सकृय रहेकाले थस्करले नै हत्या गरेको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन ।

   चौकीबाट मोटरसाइकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजेदेखि सम्पर्क बिहीन भएका थिए । उनले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको छ भने बिकसँग रहेको हतियार फेला परेका छैन् ।