धनगढी पोष्ट
मङ्गलबार, ०४ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
ड्युटीमै वेपत्ता भएका धनगढी–१२ जुडेडा अस्थाई प्रहरी विटमाकार्यरत प्रहरी जवानको शव ३ दिन पछि नदीमा मृत फेला परेको छ ।
मृत प्रहरी जवान रामबहादुर साउदको शव आज मोहना नदीबाट निकालिएको हो । मंगलबार विहान मोहना नदीमा फेला परेको उनको शव प्रहरीले निकालेको हो । उनको शव पोष्ट मार्टमको लागि सेती प्रादेशिक अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
जवान संगै ड्युटिमा गएका अस्थायी प्रहरी पोष्ट इन्चार्ज प्रहरी निरिक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा जवान साउदको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको शव नदीमा भेटिएको बताए ।
उनका अनुसार शवको अधिकांश भाग कुहिएको अवस्थामा फेला परेको हो । उनको टाउकोको पूरै भाग फुटाइएको पाइएको छ ।