धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

अझै खुलेन सुर्नया गाउँपालिकाको ताला

अझै खुलेन सुर्नया गाउँपालिकाको ताला

धनगढी

 बैतडीको सुनायाँ गाउँपालिकामा लगाइएको ताला दशैको समयमामा नखुले पनि सेवा ग्राही मारमा परेका छन् ।

 गाउँपालिकाको कार्यालय सार्ने विषयमा भएको विवाद पछि आनदोलन रत पक्षले असोज २६ गते देखी गाउँपालिकामा ताला गल गाएका थिए ।

 असोज २६ गते साविककै स्थान सुर्नयाँ गाउँपालिका ५ का कार्यालय राख्नु पर्ने माग राख्दै संघर्ष समितिले गाउँपालिकाका र्यालयमा तालाबन्दी गरेको थियो । गाउँपालिकाको केन्द्र कठ्यागौडमै हुनुपर्ने माग सहित स्थानीयहरुले संघर्ष समिति गठन गरेर गरेको तालाबन्दी गरेका थिए ।

 खास गरी गाउँपालिकाले २०७६ पुष मा गाउँपालिका सार्ने निर्णय गरेको थियो । त्यस यता विवाद हुँदै आएको थियो ।

 असोज २८ गते गाउँपालिकाले नयाँ स्थानमा कार्यालय राख्ने निर्णय गरेको भन्ने खबर पछि भने विवादले उग्र रुप लग्यो । हाल सुर्नयाँको गाउँपालिका निर्माण गर्ने भनिएको स्थान साविकको गाउँपालिका रहेका स्थान भन्दा ५ सय मिटर टाढा रहेको छ ।

 गत असोज २८ गते मुचुल्का बनाएर ताला खोल्ने क्रममा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि नै कुटपीट भएपछि गाउँपालिकाका सबै कामकाज प्रभावित भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाले बताए । कुटपिटमा गाउँपालिका अध्यक्ष सहित १४ जना घाइते भएका थिए ।

 अब दशैंपछि असन्तुष्ट समूहसंग बसेर छलफल गर्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत ओझाले बताए । सुर्नया गाउँपालिकामा तालाबन्दी भएपछि सेवाग्राही मारमा परेका छन् ।