धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बाजुरामा आर्थिक समस्याले पुनः कोरोना निम्त्याउँदै

बाजुरामा आर्थिक समस्याले पुनः कोरोना निम्त्याउँदै

धनगढी

 दुई महिना सम्म कोरोना संक्रमण नदेखिएको बाजुरा आर्थिक अभाव हुँदा पुनः संक्रमणको उच्च जोखिममा परेको छ ।

 दशै र तिकारका वेला जिल्ला बाहिर बाट आउने नागरिकलाई व्यवस्थापन तथा स्वास्थ्य चेकजाँच गर्न नसक्ने अवस्था आएको र त्यसले नियनित्रत कोरोना संक्रमण पुनः फैलन सुक्ने भयावह बढेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दया कृष्ण पन्तले बताए ।

 अहिले जिल्ला कोरोना संक्रमण व्यवस्थापन समिति र स्थानीय तहमा एकै पटक आर्थिक संकट परेको छउनले भने–‘यही वेला जिल्लामा धमाधम नागरिक भित्रिरहेका छन्, तत्काल केही गर्न सकिएन भने नियन्त्रित संक्रमण पुनः अनियन्त्रित बन्न सक्ने पक्का छ ।’ 

 उनले प्रदेश सरकर संग बजेट माग गरिएको भएपनि हाल सम्म कुनै प्रतिक्रिया नआएको बताए ।

 जिल्ला कोरोना व्यवस्थापन समिति, स्थानीय तह र राजनीतिक दलको उचित समन्वय र निरन्तरको मेहनतका कारण बाजुरामा  कोरोना नियन्त्रण गर्न सफल भएको उनले बताए ।

 ‘राम्रो समन्वयकै कारण बैशाख जेठमा कोरोनाको हटस्पटबनेको बाजुरामा हाल सम्म समुदाय स्तरमा कोरोना संक्रमण फैलन पाएको छैनस्वास्थ्य कार्यालय प्रमुख पन्तले आयोमेल संग भने–‘तर तत्कालै हामीले बजेट नपाए अवस्था बिग्रिने पक्का छ ।

 जिल्ला कोभिट व्यवस्थापन समिति र स्वास्थय कार्यालयको लगातारको मेहनतले बाजुरामा पछिल्लो २ महिना देखी कोरोना संक्रमण दर शुन्यमै रहेकोछ ।

 तर दशै र तिहारमा जिल्ला भित्र प्रवेस गर्ने नागरिकलाई व्यवस्थापन गर्न नसकेमा बाजुरामा कोरोना संक्रमण पुनः फैलन सक्ने चिन्ता बढ्न थालेको हो ।

 ‘हामीले बाजुरामा आउने नागरिकलाई क्वारेन्टिनमा रोखर उनिहरुको स्वास्थ्य परिक्षण पछि मात्रै घर पठाउँदै आएका थियौंस्वास्थ्य प्रमुख पन्तले भने–‘तर अहिले हामीसंग भएको बजेट सकिएको छ, तत्काल थप बजेट प्राप्त नभए हाम्रो मेहनत बालुवामा पानी हालेझै हुने छ ।

 स्थानीय तहलाई आआफ्नो पालिकामा क्वारेन्टिन निर्माण गरेर नागरिकको स्वास्थ्य परिक्षण पछि मात्रै घर पठाउन हामीले अनुरोध गरेका छौंउनले भने–‘तर स्थानीय तहले पनि बजेट अभाव रहेको भन्दै नागरिकलाई क्वारेन्टिनमा राख्न सक्दैनौं भनेका छन्, यसले बाजुरामा पुनः कोरोना संक्रमणको भयावह स्थिती सिर्जना हुन सक्ने देखिएको छ ।