धनगढी पोष्ट
बुधबार, १२ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
डोटीको सायलमा अरिगाललको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ ।
सायल गाउपालिका–१ स्थित स्थानीय भिमबहादुर रोकायाकी ५ बर्षिया छोरी मनिसा रोकाया र ३ बर्षिया छोरी श्रृजना रोकायाको अरींगालको टोकाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकै खेलिरहेको वेला एक्कासी दुवै जनाको शरिरमा अरिगालको गोलो पसेर घाइते बनाएको थियो । घाईते दुवै जनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।