धनगढी पोष्ट
बुधबार, १२ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको गोदावरी नगरपालिका थप ३ दीनका लागि बन्द हुने भएको छ ।
गोदावरी नगरपालिकाले कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताउँदै आगामी ३ दिन सम्म कार्यालय थप बन्द रहने गरी सुचाना जारी गरेको हो ।
नगरपालिकामै कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जारी सूचनामा उल्लेख छ ।