धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

भारतको देहरादुनमा कुटिएका भनिएका विद्यार्थी कञ्चनपुर भित्रिए, कुटपिट भएको कुनै प्रमाण छैन: प्रहरी

धनगढी

 भारतको देहरादुन स्थित एक आश्रममा कुटपिटमा परेका भनिएका मध्य ५ जना विद्यार्थी कञ्चनपुरको गड्डाचौकि नाका हुँदै महेन्द्रनगर भित्रिएका छन् । उनिहरुले आफुहरुमाथी कुनै कुटपिट नभएको तर छुट्टी नपाएकाले भागेर आएको भन्दै प्रहरीलाई बयान दिएका छन् ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कञ्चनपुर भित्रिनेमा ३ जना भारतको बिहाका १५, १७ र १८ बर्षे विद्यार्थी रहेका छन् भने दुई जना नेपाली विद्यार्थी रहेका छन्  । उनिहरु मध्य १ जना बाग्लुङ र अर्को व्यक्ति सिन्धुपाल्चोकका रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक अम्मरबहादुर थापाले बताए ।

 थापाका अनुसार कुटपिट पछि भागेर आएका भनिएका ति विद्यार्थीले आफुमाथी कुनै कुटपिट नभएको तर दशैमा छुट्टी नपाएपछि आफुहरु भागेर आएको भन्दै प्रहरीलाई बयान दिएका छन् ।

  घटना क्रमलाई हेर्दा पनि ती विद्यार्थीमाथी कुनै प्रहारको शारीरिक यातना भए जस्तो देखिदैन प्रहरी प्रबक्ता थापाले भने–‘विद्यार्थीले भने जस्तै उनिरुह दशैमा छुट्टी नपाएपछि भागेर आएका हुनसक्दछन् ।

 प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले नेपाल भित्रिएका विद्यार्थीलाई कुटपिट भएको कुनै प्रमाण नभेटिएको बताए । उनले घटनाका बारेमा थप अध्यन भइरहेको बताए ।

 कुटपिट पछि नेपाल भित्रिएका भनिएका ५ मध्य तीन जना भारतीय विद्यार्थी भएकाले उनिहरुलाई उतैबाट भारत फर्काइएको र २ जना विद्यार्थीलाई नेपाल भित्र्याएर सम्बन्धित स्थानमा पठाउने तयारी भइरहेको प्रजिअ महतोले बताए ।

 अहिले भारतीय नागरिकलाई नेपाल भित्रन नदिने सरकारी निर्णय अनुसार भारतीय विद्यार्थीलाई गड्डाचौकिबाटै भारत पठाइएको उनले बताए ।

 विजया दशमि मनाउँन छुट्टी मागेर नेपाल आउन चाहने विद्यार्थीलाई भारतको देहरादुन स्थित एक आश्रमका अध्यक्षले नेपाली विद्यार्थीमाथी निर्घात कुटपिट गरेको भन्ने आरोप लाग्दै आएको छ ।