धनगढी पोष्ट मङ्गलबार, ०३ भदौ २०८३   August 18, 2026

भारतीय नागरिकलाई नागरिकता दिन सिफारिश गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

भारतीय नागरिकलाई नागरिकता दिन सिफारिश गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

धनगढी

 नेपाली नागरिकता पाउने मापदण्ड पुरा नगरेका भारतीय नागरिकलाई नियम विपरित नागरिकता दिलाउन सिफारिष गरेको आरोपमा धनगढी उपमहानगरपालिका१२ का वडा अध्यक्ष गणेश प्रसाद जोशी पक्राउ परेका छन् ।

 वडा नम्बर १२ स्थित मुक्तकमैया सिविरका एक व्यक्तिलाई नक्कली बुबा बनाएर भारतीय नागरिकले नागरिकताका लागि निवेदन दिएकोमा वडा अध्यक्ष जोशीले ती व्यक्तिलाई नागरिकता उपलब्ध गराउन सिफरिष गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

 विष्टका अनुसार नायनक्कली बुवा बन्ने पुनिराम चौधरी फरार रहेका छन् भने उनका दाजु खुसीराम चौधरीलाई छानविनका लागि पक्राउ गरिएको छ ।

 मुक्त कमैयाँ सिविरका चौधरीले नक्कली बुवा बनेर भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस लगेका थिए ।

 नागरिकताका लागि निवेदन माग  गर्ने अन्सारी टीकापुर नगरपालिका७ मा बस्ने गरेको प्रहरीले जनाएको छ ।