धनगढी पोष्ट शनिबार, १८ असोज २०८३   October 3, 2026

कब्रिस्तानमा मुस्लिम समुदायलाई सव व्यवस्थापन गर्न अनुमति

कब्रिस्तानमा मुस्लिम समुदायलाई सव व्यवस्थापन गर्न अनुमति

धनगढी

 दुई दिन देखी सिल गरिएको धनगढी –१ को कब्रिस्तानमा मुस्लिम समुदायलाई शव व्यवस्थापन गर्न दिइने भएको छ ।

 जिल्ला प्रशासन कार्यालय कैलाली र मुस्लिम अगुवा विच शनिबार भएको छलफल पछि कब्रिस्तानमा शव व्यवस्थापन गर्न दिइने सहमति भएको नेपाली नूरी जामा मस्जितका कार्यबाहक अध्यक्ष महोमद यामिनलेबताए ।

 धनगढी उपमहानगरपालिकाको १ नं वडा कार्यालयले कब्रिस्तान नै सील गरिएपछि २ दिनदेखि एक जना मृतकको शवको व्यवस्थापन हुन सकेको थिएन ।

 शुक्रबार विहान दुबै मृगौला फेल भएर धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको मृत्यु भएको थियो ।