धनगढी पोष्ट
शनिबार, १५ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ गुलरिया स्थित मालुमेला वनमा दुई वुया युवतिको शव भेटिएकै स्थान नजिकै विषदीको खाली बोतल भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव गुलरियाको जंगलमा भटिएको हो ।
उनिहरुको शरिर सडेको अवस्थामा भेटिएको प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक अम्मरबहादुर साउँदले बताए । प्रारम्भिक अनुसन्धान अनुसार दुवै जनाले विष सेवन गरेको हुन सक्ने देखिएको प्रहरी प्रबक्ता थापाले बताए ।
उनले दिएको जानकारी अनुसार दुवै जनाको एक आपसमा प्रेम सम्बन्ध रहेको हुन सक्ने अनुमानगरिएको छ । लामो सयम देखी दुवै जना एउटै विद्यालयमा पढ्ने, एउटै गाउँमा बस्ने र संगै बन पाखा गर्दै आएका थिए ।
मृतक भेटिएका दुवैजना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए ।