धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको कोभिड अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका घर भएकी २८ बर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो ।

धनगढी

  सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको धनगढी उपमहानगरपालिका घर भएकी २८ बर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो

  सुदूरपश्चिम प्रयोगशालामा सोमबार जाँच भएर पोजिटिभ देखिएका   ६८ जना मध्य एक जना त्यही कार्यरत स्टाफ नर्स रहेको पुष्टि भएको हो यद्दपी सेती अस्पतालले ती स्टार्फ नर्समा कोरोना संक्रमण भएकोबारे आधिकारित रुपका कुनै जानकारी सार्वजनिक गरेको छैन सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले आफुलाई सो बारे जानकारी नभएको बताउँदै प्रादेशिक प्रयोगशालामा सम्पर्क राख्न आग्रह गरे

   सेती अस्पताल स्रोतका अनुसार संक्रमित स्टार्फ नर्स शुरुवात देखि नै कोरोना भाइरस संक्रमितहरुको उपचार भइरहेको आइसोलेसन उपचार कक्षमा कार्यरत थिइन्

  स्रोतका अनुसार अहिले ती नर्ससंग सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीहरुको समेत परीक्षण गर्ने तयारी भइरहेको