धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

जुगेडा प्रहरी हत्या आरोपमा व्यापारी पक्राउ

जुगेडा प्रहरी हत्या आरोपमा व्यापारी पक्राउ
file photo

धनगढी

 धनगढी१२ जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक तथा अस्थाई प्रहरी विट जुगेडाका इन्चार्ज गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद हत्यामा संलग्न भएको आरोपमा धनगढीका थप १ व्यापारी पक्राउ परेका छन् ।

 उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी५ शिवनगरमा किराना पशल सञ्चालन गर्दै आएका राजिव गुप्तालाई प्रहरीले पक्राउ गरेकोछ । गुप्ता ९ बर्ष समयअघि सम्म भारतीय सिमावर्ति क्षेत्र गौरिफण्टामा किराना पशल सञ्चाचलन गर्दै आएका थिए । भारत सरकारले गौरिफण्टा बजार विस्थापित गरेसंगै उनि धनगढीमा व्यवसाय गर्दै आएका हुन् । उनको धनगढी९ मा पनि हार्डव्ययर पशल रहेको खुलेको छ ।

 जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रतिक विष्टका अनुसार अन्दाजी ३६ बर्षे गुप्ताको सम्बन्ध यस अघि प्रहरी हत्याअभियोगमा पक्राउ परेका ७ जना संग देखिएको थियो ।

 उनका अनुसार प्रहरीको हत्या भएको राती जुगेडा क्षेत्रबाट तस्करी भएको सामान गुप्ताको भएको खुलेको छ ।

 हत्यामा संलग्न भएको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ बर्षे पर्कु भन्ने रोहित राना, सोही स्थानमा ३१ बर्षे अर्का रोहित रानासोही स्थानका २० बर्षे राजेन्द्र राना, ३० बर्षे चोर भनिने सुरेश राना, २५ बर्षे गब्बर भन्ने राजकुमार राना, २२ बर्षे रामनिवास राना, २९ बर्षे टल्लु भन्ने दलराम राना र २५ बर्षे गोपाल भन्ने रामगोपाल रानालाई पक्राउ गरेको छ ।