धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

बढी मुल्यमा मल बेच्ने घोडाघोडी नगरपालिकाको जरही सहकारीलाई कारवाही

धनगढी

किसानलाई महंगोमा मल बिक्री गर्ने घोडाघोडी नगरपालिका स्थित जरही कृषि सहकारी संस्थालाई कारवाही गरिएको

घोडाघोडी नगरपालिका का वडा अध्यक्ष भीम बोगटीका अनुसार सहकारीले किसानबाट लगेको लागत मुल्य भन्दा बाहेकको पैसा फिर्ता गराइएको   आगमी दिनदेखि मल कारोबार गर्न नपाउने गरी उक्त सहकारीलाई कालो सूचिमा राखेको बोगटीले बताए

 ‘नगरका अन्य सहकारीले पनि रासायनिक मलमा कालो बजारी गरेको भन्ने सूचना आएको उनले भने– ‘हामीले सबै सहकारीको अनुगमन गर्दैछौं, नियम बिपरित काम गरेको पाइए कारवाही गरिने

जरहीले १२ शय पचास रुपैया पर्ने सुपर डिएपी मल  किसानहरुलाई २५ शय रुपैयामा बिक्री गरेको  थियो