धनगढी पोष्ट
आइतबार, २३ कार्तिक २०७७ मा प्रकाशित
बझाङ
बझाङमा पछिल्लो २ महिनाको अवधिमा मात्रै १० जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार असोज महिनामा ५ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने २ जनाले नदीमा हामफालेर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्रसिंह कार्कीका अनुसार कात्र्तिक महिनाको २० गते सम्म ३ जनाले झुण्डिएर आत्महत्या गरिसकेका छन्, भने एक जनाले सेती नदीमा हाम फालेर आत्महत्या गरेकोअनुमान गरिएको छ ।
ती व्यक्ति लामो समय देखी सम्पर्क बिहीन रहेका उनले बताए । आत्म हत्या बढ्नुको कारण भने घरेलु हिंसा प्रमुख देखिएको छ ।
सूचना अधिकारी कार्कीका अनुसार दुईमहिनाको अवधिमा भएका अत्महत्याका घटना मध्य ७० प्रतिशत घरेलु हिंसा तथा झैझगडाका कारण भएको देखिनछ ।