धनगढी पोष्ट मङ्गलबार, ३० बैशाख २०८२   May 13, 2025

कुरुती उन्मुलन नीति कार्यान्वयनको अवस्थाबारे अन्तरक्रिया

कुरुती उन्मुलन नीति कार्यान्वयनको अवस्थाबारे अन्तरक्रिया

धनगढी

 छाउपडी प्रथाजन्य कुरुती उन्मुलन नीति को स्थानीय पालिकामा कार्यान्वयनको अवस्था विषयक भर्चुअल प्रदेश स्तरिय अन्तरिक्रिया कार्यक्रम सोमबार समपन्न भएको छ ।

 एनएनडिएस डब्लुओको आयोजना तथा जुरी नेपालको आर्थिक सहयोगमा सम्पन्न कार्याक्रममा कैलाली र डोटीका प्रमुख जिल्ला अधिकारी सहित मेयर, वडा अध्यक्ष, महिला अधिकार कर्मी, धामी झाँक्रि, सामुदायिक स्वास्थ्यका पदाधिकारी, अपांगता भएका व्यत्तिहरु, दलित जनजातीलगायत ५० जनाको सहभागिता रहेको थियो ।

 एनएनडियस डब्लुओ कैलाली अध्यक्ष चक्र विकले स्वागत गरेको कार्यक्रममा शान्ति बर्माले कार्यक्रमको उद्देश् यबारेमा जानकारी गराएका थिए ।

 कार्यक्रममा कैलालीर डोटीका प्रमुख जिल्ला अधिकारीहरुले मन्तव्य व्यक्त गरेका थिए ।

 कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्तरिय छाउपडि प्रथा जन्य कुरुती उन्मुख नीति, स्थानीयय तहमा छाउपडि प्रथाजन्य कुरुती उन्मुलन नीति २०७६ कार्यान्वयनको अवस्था र समस्या पहिचानका बारेमा छलफल गरिएको एनएनडिएस डब्लुओ कैलालीका सामाजिक विकास अधिकृत प्रकाश पौडेलले बताए ।