धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

गेटीका मुक्त कमैंयाद्वारा गोदावरीमा मेयरलाई ४ बुदे ज्ञापन

गेटीका मुक्त कमैंयाद्वारा गोदावरीमा मेयरलाई ४ बुदे ज्ञापन

धनगढी
 सरकारले कमैयाा प्रथा अन्त्य गर्दै कमैयाँलाई परिवारलाई वयवस्थापन गर्ने निर्णय गरेको २० बर्ष सम्म गोदावरी नगरपालिका ५ गेटीमा रहेका मुक्त कमैँया परिवारलाई कुनै व्यवस्थापन नगरेपछि उनिहरुले आफ्नो सम्मान पूर्वक बाँचनपाउने संवैधानिक अधिकारको ग्यारेन्टि गर्न गोदावरी नगरपालिका समक्ष माग गरेका छन् । 
 २० बर्ष देखी पटक–पटक संघिय सरकार, तत्कालिन जिविस, जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न निकायमा व्यवस्थित बसोवास संगै आधारभुत सुविधाको माग गर्दा कुनै निकायबाट सुनुवाई नभएको गेटीका ३७ परिवारले गुनासो गरेका हुन् । 
 गोदावरी नगरपालिकालाई समस्या सहित समाधानका लागि ४ बुदे ज्ञापन पत्र बझाउँदै गेटीका मुक्त कमैयाँ परिवारले संविधानमै उल्लेख गरिएको सम्मान पूर्वक बाँचनपाउने अधिकारको ज्ञारेन्टि गर्न माग गरिएको छ ।

 ‘नेपालको संविधानमा हरेक नेपाली नागरिकलाई सम्मान पूर्वक बाँच्न पाउने मौलिक हकको व्यवस्था छ’ ज्ञापन पत्रमा भनिएको छ, तर हामी २० बर्ष देखी खाने पानी, विजुली बत्ती जस्ता आधारभूत सेवाबाट बञ्चित रहदै आएका छौं, अव हाम्रो नजिकको सरकार (स्थानीय सरकार) ले हाम्रा समस्या समाधान गरोस् ।’ 
 याक नेपाल धनगढीको सहयोगमा ३७ जना कमैयाँ परिवारको हस्ताक्षर सहित गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदलाई सो ज्ञापन पत्र बझाइएको हो ।

 ज्ञापन पत्रमा खानेपानीको सुविधा उपलब्ध गराइनुपर्ने, शिविरमा विद्युतलाईन तत्काल जडान हुनुपर्ने, जोखिम न्यूनीकरण गर्न ढल निकास हुनुपर्ने र हाल बसेकै स्थानमा सुरक्षित बसोबासका लागि आवास सहितको पुर्न स्थापना हुनुपर्ने उल्लेख छ ।