धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

देउसी भैलो खेल्न नपाइने

देउसी भैलो खेल्न नपाइने
file photo

धनगढी

 कोरोना संक्रमण फैलन नदिन सुदूरपश्चिम प्रदेशका अधिकांस जिल्लामा तिहारमा खेलिने देउसी भैलोमा रोक लगाइएको छ ।

देउसी भैलोका नाममा मानिसहरु एक आसपमा भेला हुने र त्यसले समुदायमा कोरोना संक्रमण भयावह हुन सक्ने भनदै सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय हरुले तिहारमा खेलिने देउसी भैलो कार्यक्रम खेल्न प्रतिबन्ध गरेका हुन् । साथै यस बर्षको तिहारलाई आफु बसेकै स्थानबाट सुरक्षित रहेर मनाउन पनि प्रशासनले आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले विज्ञप्ति जारी गर्दै गौरा, छठ, दशैं लगायत पर्व झै तिहारलाई पनि सुरक्षा सतर्कताका साथ मनाउन आग्रह गरेको छ । यसै गरी कञ्चनपुर प्रशासनले पनि दशैंमा जारी गरिएको आदेशलाई निरन्तरता दिइने भएको छ । दिदीभाईको पर्वका रुपमा मनाइने तिहारमा देउसीभैलो खेल्ने, साथी भाईबीच जमघट हुने, मेलाको आयोजना गर्नेलगायतका क्रियाकलापहरु नगर्न कञ्चनपुर प्रशासनले अनुरोध गरेको छ ।

 कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बितेका पर्वमा जस्तै तिहारमा पनि सो आदेशलाई निरन्तरता दिइने बताए ।  यसका साथै हाल सम्म सुदूरपश्चिमका ७ वटा जिल्लाले यस बर्ष देउसी भैलो नखेल्न र सुरक्षित तरिकाले तिहार लगायत  पहाडी क्षत्रमा हुने अन्य पर्व मनाउन आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला हरुमा तिहार पछि मेला तथा सामुहिक पूजा हुनेगरेकोमा ती कार्य समेत नगर्न नगराउन प्रशासनले आग्रह गरेका छन् ।