धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सेतीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

सेतीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

धनगढी

 सेती प्रादेशीक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ वर्षीया महिलाको मृत्यु भएको हो । कार्तिक २९ गतेबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो ।

  उनको शुक्रबार बिहान १० बजेर २५ मिनेटमा अस्पतालमा मृत्यु भएको सेती अस्पतालको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।