धनगढी पोष्ट
आइतबार, ०७ मङि्सर २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला बाजुरामा पहिलो पटक समुदायमा राष्ट्रिय प्रसारण लाइन जोडेर बिजुली बलेको छ ।
बाजुराको बुढिगंगा नगरपालिका ३ का ५१ घरमा बत्ति जोडेर समुदाय स्तरमा बाजुरामा राष्ट्रिय प्रसारण लाइनबाट बत्ति बालेको नेपाल बिद्युत्त प्राधिकरण बाजुरा बितरण केन्द्रका प्रमुख महेश चन्द्र भट्टले वताए । बुढिगंगाको सेरामा ५० के भि ए को ट्रान्समिटर जोडेर बुढिगंगा वडा नम्बर ३ मा लाइन बिस्तार गरिएको हो ।
राष्ट्रिय प्रसारण लाइन समुदायमा बाजुरामा पहिलो पटक बलेपछि प्रतिनिधि सभाका सासंद लाल बहादुर थापा द्धारा बत्तिको उद्धघाटन गरिएको छ । सांसद थापाले भने बाजुराका ९ वटै स्थानीय तहमा चाडो भन्दा चाडो राष्ट्रिय प्रसारण लाइन जोडन पहल गर्ने वताएका छन् ।