धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा आइतबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार २ सय २० जनाको स्वाव परिक्षणमा कैलालीका १९ सहित २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका १० जनामा रहेका छन् ।

 उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का ४ जना, वडा नम्बर १ का २ जना, यस्तै वडा नम्बर २, , ७ र ठेगाना नखुलेका १÷१ जनामा संक्रमण पुष्टि भएकोहो । यसै गरी कैलालीकै टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका ३÷३ जना, जोशीपुर गाउँपालिकाका २ जना र कैलारी गाउँपालिकाका १ जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार आइतबार नै कञ्चनपुरको महाकाली नगरपालिका र बेल्डाँडी गाउँपालिकाका १÷१ जना तथा बैतडीका १ जनामा समेत संक्रमण पुष्टि भएको छ ।