धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कोरोना संक्रमणका कारण डडेल्धुरामा थप १ को मृत्यु

कोरोना संक्रमणका कारण डडेल्धुरामा थप १ को मृत्यु
file photo

धनगढी

 कोरोना संक्रमणका कारण डडेल्धुरामा थप १ जनाको मृत्यु भएको छ  ।

 डडेल्धुरा अस्पतालको आइसोलेनमा उपचाररत अमरगढी नगरपालिका५ की ८५ वर्षीया वृद्धाको आइतबार बिहान निधन भएको अस्पतालले जनाएको छ ।

 निमोनिया तथा छातीको समस्याले ग्रसित रहेकी ती वृद्धामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको हो । मृतक वृद्धाको शव सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको डडेल्धुरा अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भुषलले बताए ।