धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

नक्कली नोट छाप्ने मेसिन सहित कञ्चनपुरमा दम्पति पक्राउ

नक्कली नोट छाप्ने मेसिन सहित कञ्चनपुरमा दम्पति पक्राउ

धनगढी

 कञ्चनपुरमा नक्कली नोट छाप्ने मसिन सहित एक दम्पतिलाई प्रहरीले पक्राउ गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका१८ महेन्द्रनगर बजारको २ नम्बर गल्लीस्थित सानु धामीको पसलमा छापा मार्दा नक्कली नोट बनाउने रितिका बम र उनका श्रीमान अनुज शर्मालाई नक्कली नोटसहित पक्राउ गरिएको हो ।

 पक्राउ पछि प्रहरी टोलीले ती दम्पती बस्ने डेरामा खानतलासी गर्दा १ हजार दरका २ वटा नक्कली नोटसहित १ थान ल्यापटप, १ थान चार्जर, १ थान फोटोकपी मेसीन २ वटा कैची, २ वटा किबोर्ड, १ माउस, विभन्न बैंकका ३ वटा चेकबुक, एटिएम, आइएमई कार्ड र नक्कली नोट बनाउनका लागि काटिएका ५० थान फोटोकपी पेपर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्ष अम्मरबहादुर थापाले बताए ।

 उनीहरुलाई आइतबार नक्कली नोटसहित पक्राउ परेका युवकले दिएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि अदालतबाट मुद्रा सम्बन्धी कसुर मुद्धामा अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए ।