धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सुदुरपश्चिमका चार जिल्ला जोड्ने छोटो मार्ग बनाउँदै सुदुरपश्चिम सरकार

दैजी जोगबुडा चिरकिटे बेलापुर ढुंगाड देउरा सडक योजनाले कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लालाई छोटो मार्गले जोड्नेछ ।

सुदुरपश्चिमका चार जिल्ला  जोड्ने छोटो मार्ग बनाउँदै सुदुरपश्चिम सरकार
कालोपत्रे भैरहेको छेला लिपना सडक खण्डको  अनुगमन गर्दै सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री पठानसिंह बोहरा ।  फाइल तस्बीर

धनगढी

  चार जिल्ला जोडेर तराईबाट बझाङ पुग्ने छोटो सडक मार्ग निर्माण कार्य सुदुरपश्चिम प्रदेश सरकारले तिब्र पारेको   शय ५० किलोमीटर लामो दैजी  जोगबुडा चिरकिटे बेलापुर ढुंगाड देउरा सडक योजना बिभिन्न ११ खण्डमा बिभाजन गरेर भौतिक पुर्वाधार बिकास मन्त्रालयले निर्माण  कार्य अघि बढाएको

  यस सडक योजनाले डडेल्धुराको सदरमुकाम अमरगढीलाई दैजीबाट छोटो दुरीमा जोड्ने अहिलेसम्म डडेल्धुरा सदरमुकाम बझाङ जाने एक मात्र मार्ग अत्तरिया भएर जाने भीमदत्त राजमार्ग हो

   सुदुरपश्चिम सरकारले छनौट गरेका प्रदेशका गौरबका योजना मध्य दैजी  जोगबुडा चिरकिटे बेलापुर ढुंगाढ देउरा सडक एक हो

‘पहाड हिमालबाट तराई आवतजावत गर्ने छोटो बाटोका रुपमा यो (दैजी  जोगबुडा चिरकिटे बेलापुर ढुंगाढ देउरा सडक ) योजनालाई अघि बढाएका छौं सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री पठानसिंह बोहराले भने‘यो सडक योजना क्षेत्रमा ठुलो जनसंख्याको बसोबास भएकोले यसले उनीहरुको आर्थिक बिकासमा पनि सहयोग गर्ने अपेक्षा गरेका छौं

    आर्थिक बर्ष २०७५।२०७६ मा भौतिक पुर्वाधार बिकास मन्त्रालयले दैजी जोगबुडा चिरकिटे बेलापुर ढुंगाड देउरा सडक योजना सहित सात वटा गौरबका योजना शुरु गरेको थियो

  यस सडक योजनामा अहिले ४८ किलोमीटरमा कालोपत्रे सात किलोमीटरमा स्तरोन्नतिको काम भैरहेको   पुर्वाधार कार्यालय डडेल्धुराका प्रमुख सिनियर डिभिजनल इन्जिनियर रामचन्द्र खत्रीका अनुसार लिपना गाइबाधे खण्डमा साढे ११ किलोमीटर, गाइबाधे जोगबुडा खण्डमा साढे पाँच किलोमीटर, जोगबुडा खजुरानी खण्डमा चार किलोमीटर पोखरा बेलापुर  ढुंगाड खण्डमा १० किलोमीटर सडक कालोपत्रे भैरहेको भने सलौन चिरकिट्ट खण्डको सात किलोमीटर सडकमा ग्राभेल भर्ने काम भैरहेको छेला लिपना १६ किलोमीटर पनि कालोपत्रे भैरहेको पुर्वाधार कार्यालय महेन्द्रनगरका सुचना अधिकारी हेमराज भट्टले बताए

   छेला लिपना सडक खण्ड संघीय सरकारले टेण्डर गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको सशर्त अनुदानको आयोजना हो अरु सबै प्रदेश सरकारले नै निर्माण गरिरहेको

   उक्त योजना अन्तर्गतको दैजी छेला खण्डको पाँच किलोमीटर यसअघि नै कालोपत्रे भैसकेको भने  महाकाली राजमार्गमा पर्ने पोखरा जोगिनी खण्डको सात किलोमीटर पनि यसअघि नै कालोपत्रे भैसकेको 

  ‘प्रदेश गौरबको योजना अन्तर्गत पर्ने सबै सडक खण्डमा ट्रयाक खोल्ने काम भैसकेको    पुर्वाधार कार्यालय डडेल्धुराका प्रमुख सिनियर डिभिजनल इन्जिनियर खत्रीले भने‘अब  कालोपत्र गर्न मात्र बाँकी   केही सडक खण्डहरुको कालोपत्रेका लागि प्रकृया शुरु भैसकेको केहीको शुरु हुने प्रक्रियामा रहेको सिनियर डिभिजनल इन्जिनियर खत्रीले बताए

   अहिले निर्माण भैरहेको सडक योजना बझाङको देउरादेखि तराई आवतजावत गर्ने परम्परागत पदमार्ग हो   उक्त सढक योजनाको चिरकिट्टे घटाल आइतबार किर्तिपुर खण्ड डडेल्धुराको सदरमुकाम अमरगढी  नगरपालिकाको बागबजार भएर जाने भीमदत्त राजमार्गको बैकल्पिक मार्ग बन्न सक्ने सम्भावना रहेको

  सिनियर डिजिनल इन्जिनियर खत्रीले यो आयोजना निर्माणपछि डडेल्धुराको भित्री मधेशका वासिन्दा अति छोटो बाटो भएर आफ्नै जिल्लाको सदरमुकाम जान पाउने बताए अहिलेसम्म डडेल्धुराको भित्री मधेश क्षेत्रका वासिन्दाहरु डोटी जिल्लाको बुडर भएर जिल्ला सदरमुकाम अमरगढी जाने गरेका छन्

   भौतिक पुर्वाधार बिकास मन्त्री बोहराले प्रदेश सरकारले रणनैतिक योजनाहरु निर्माणलाई प्राथमिकता दिएको बताए दुई वा दुई भन्दा बढी पालिका जिल्लाहरु जोड्ने सडकलाई रणनैतिक योजनाका रुपमा  बढाएको छौं मन्त्री बोहराले भने‘तराई, पहाड हिमाल जोड्ने भएकोले यस सडकलाई गौरबको योजनामा राखेर प्राथमिकता दिएका छौं

  गौरबको यस योजना निर्माण शुरु भएको तीन बर्षमा आयोजना निर्माण सक्ने लक्ष्य लिइएको मन्त्री बोहराले बताए