धनगढी पोष्ट बुधबार, २५ भदौ २०८२   September 10, 2025

१० किलो चरेश सहित बैतडीबाट बझाङका १ जना पक्राउ

१० किलो चरेश सहित बैतडीबाट बझाङका १ जना पक्राउ
file photo

धनगढी

 १० किलो चरेस सहित बैतडीबाट प्रहरीले १ जना पक्राउ परेका छन् ।

 प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले बिहीबार राती जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रबाट १० किलो लागु औषध चरेश सहित बझाङको बुङ्गल नगरपालिका९ का ३० बर्षे मानबहादुर धानुकलाई पक्राउ गरेको हो ।

 धानुकलाई विशेष सूचनाका आधारमा पुर्चौडी नगरपालिका६ को मोडलीधारबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता मुकेस सिंहले बताए । धानुकलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

 जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पक्राउ परेका धानुक माथीथप अनुसन्धान भइरहेको बताए ।