धनगढी पोष्ट
शनिबार, २० मङि्सर २०७७ मा प्रकाशित
धनगढी
धनगढीमा घराना चुलो सञ्चालनमा आएको छ । धनगढी स्थित रंगशाला कम्प्लेक्समा सञ्चालनमा आएको उक्त चुलोको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले शनिबार उद्घाटन गरेकी छन् ।
उद्घाटन गर्दै मन्त्री भट्टले होटल रेष्टुरेन्ट व्यवसायले सुदूरपश्चिम प्रदेशमा पर्यटक भित्रयाउन ठुलो मद्दत गरिरहेको बताइन् । उनले पर्यटनका लागि निजी क्षेत्रले होटल तथा रेष्टुरेन्टहरुमा लगानी गर्न आवश्यक रहेको बताइन् । उनले शनिवारबाट संचालनमा आएको ‘घराना चुलो रेष्टुरेन्ट’ को सफलताको शुभकामना व्यक्त गरिन् ।
युवा व्यवसायी एलिस चन्द, योगेन्द्र चन्द र राकेश चन्दको झण्डै एक करोडको लगानीमा घराना चुलो सञ्चालनमा ल्याइएको हो । सञ्चालक योगेन्द्र चन्दले घराना चुलोमा थकाली खाना सुदूरपश्चिम प्रदेशकै फरक स्वादमा पाईने बताए । उनले घराना चुलोमा अन्य रेस्टुरेन्टको भन्दा फरक स्वादमा खाना पाईने बताए ।
धनगढीको मुटुमा सञ्चालन भएको यो घराना चुलो अन्य रेस्टुरेन्ट भन्दा फरक र हेर्न लायक देखिन्छ । साथै स्वाद पनि फरक भएकाले ग्राहकको रोजाइमा घराना चुलो पर्ने अपेक्षा लिइएको छ ।