धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

२०६३ सालदेखि धनगढीमा संचालन हुदै आएको सुदूरपश्चिम महोत्सव स्थगित

२०६३ सालदेखि धनगढीमा संचालन हुदै आएको सुदूरपश्चिम महोत्सव स्थगित

धनगढी

२०६३ साल देखि हरेक बर्ष मंसिर २२ गते देखि धनगढीमा संचालन हुदै आएको सुदूरपश्चिम महोत्सब  यस बर्ष स्थगित भएको छ ।

  कोरोना भाइरसको जोखिमका कारण मंसिर २२ गते अर्थात भोली देखी कैलालीको धनगढीमा संचालन हुँदै आएको सुदूरपश्चिम महोत्सव हाललाई स्थगित गरिएको आयोजक कैलाली उद्योग बाणिज्य संघले जनाएको   छ ।

 आयोजक कैलाली उद्योग बाणिज्य संघले आईतबार धनगढीमा पत्रकार सम्मेलन गरि हरेक बर्ष मंसिर २२ गतेबाट संचालन हुने महोत्सब हाललाई स्थगित गरेको जनाएको   छ ।

 सुदूरपश्चिमको आर्थिक विकासका लागि कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा हरेक बर्ष भईरहेको महोत्सब हाललाई कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्थगित गरिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने–‘कोरोना संक्रमणका कारण निर्धारित मंसिर २२ मै महोत्सव सञ्चालन हुन नसकेपनि अवस्था सामान्य भएमा फागुनमै भएपनि महोत्सव आयोजना गर्न सकिने विकल्पमा जाने तयारी गरेका छौं ।

अब कहिले संचालन गर्ने र कसरी अगाढी बढने भन्ने विषयमा स्थानीय प्रशासन र सरोकारवाला पक्षसँग छलफल गरिने अध्यक्ष कुवँरले जानकारी दिए ।

संघका महासचिब ओम बिष्टले सुदूरपश्चिम महोत्सब सुदूरपश्चिमेलीको पर्व झै बनेकाले सबैको चासो रहेको बताए । उनले भने–‘सरकारले सबै क्षेत्र खुला गरिसकेकाले हामी पनि सरोकारवाला सबै संग छलफल गरि महोत्सब बारे निर्णय  गछौं । उनले स्थिती सामान्य भए सुदूरपश्चिम महोत्सव आयोजना गर्न सकिने सम्भावना रहेको बताए ।