धनगढी पोष्ट
बुधबार, ०३ असार २०७७ मा प्रकाशित
धनगढी,
मंगलबार कोरोना संक्रमण पुष्टी भएका १ बर्षे बालक र उनको परिवार हाल सम्म पनि स्वास्थयकर्मीको सम्पर्कमा आउन सकेका छैनन् ।
धनगढी–१ की १ बर्षे बालकलाई स्वास्थ्य निग्रानीमा राख्न खोजीकार्य भइरहेको भएपनि परिवारका कुनै व्यक्ति संग सम्पर्क नभएको धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुम्भराज जोशीले बताए । ती बालकको स्वाव संकलन सेती प्रादेशिक अस्पतालमै गरिएको थियो ।