धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

गोदावरीका महिलाई करेसावारी तालिम

गोदावरीका महिलाई करेसावारी तालिम

धनगढी

 गोदावरी नगरपालिका३ का महिलालाई करेसावारी निर्माण तथा तारीका वेर्ना उत्पादन सम्बन्धि तालिम प्रदान गरिको छ ।

 दलित महिला अधिकार मञ्च (फेडो) कैलालीको आयोजनामा गोदावरी नगरपालिका३ मा गठित दलित महिला समुहलाई करेसावारी तालिम प्रदान गरिएको फेडो कैलालकिा संयोजक विनोद घिमिरेले बताए ।

 घरमा वचेको जमिन सदुपयोग गर्दै महिलाले घरमै तरकारी उत्पादन गरी आत्मनिर्भर बनाउने उद्देश्यले वडा नम्बर३ का ५० जना महिलालाई तालिम पर्दान गरिएको संयोजक घिमिरेले बताए ।

 उनका अनुसार गोदावरी नगरपालिकाका कृषि विकास अधिकृत लाई महिलाको बारीमै लगेर तरकारी फलाउने तरीकार वेर्ना राख्ने तरिकाबारेमा जानकारी गराइएको थियो । तालिम पछि सहभागि महिलालाई प्याज, धनियाँ, चम्सुर, मेती, रायो जस्ता मौसमि तरकारीको बीउँ उपलब्ध गराइएको फेडो कैलालीकी अध्यक्ष सविना सुनारले बताइन् ।

 गोदावर नगरपालिकाका कृषि शाखा अधिकृत बासुदेव भट्टराईले कृषि पेशा गर्न चाहने महिललाई गरपालिकाबाट आवश्यक प्राबिधिक सल्लाह सहित बीउँ र अन्य प्राबिधिक सहयोग गर्ने बताए ।

गोदावरीले कृषिको विकासका लागि एक वडा एक नमूना कृषि क्षत्र निर्माण गर्ने कार्यक्रम बनाएको छ उनले भने–‘त्यसै अनुसार अहिले १२ वटै वडामा फरक फरक तरिकका तरकारी निर्माण गर्न पकेट क्षत्र छुट्याएर काम गर्ने योजना बनाएको छ ।

चालु आर्थिक बर्षमा  गोदावरी नगरपालिकाले १ करोड र संघबाट आएको शसर्त अनुदानको ४० लाख बजेट कृर्षिमा खर्च गर्ने तयारी रहेको उनले बताए ।