घरेलु हिंसा न्यूनीकरणका लागि अन्तक्रिया कार्यक्रम

घरेलु हिंसा न्यूनीकरणका लागि अन्तक्रिया कार्यक्रम

सुखड

  कैलालीको घोडाघोडी नगरपालिकामा घरेलु हिंसा न्यूनीकरणका लागि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

   युवा शान्ति परिषद नेपाल र इलाका प्रहरी कार्यलय सुखडको आयोजना तथा संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम (यु एन डि पि) को सहयोगमा स्थानीय सरकार ,नागरिक संघ सस्था र प्रहरीबिच अन्तर्कृया कार्यक्रम सुखडमा सम्पन्न गएिको हो ।

   कार्यक्रममा सहभागिहरुले घरेलु हिंसा न्युनिकरणका लागि सबै लाग्नुपर्ने बताए । उनिहरुले अझै पनि घर परिवारको डरले हिंसा हुदा पनि खुलेर आउन नसकेको   बताए । कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले हिंसा न्युनिकरणका लागि सबै भन्दा पहिले शिक्षामा जोड दिनु पर्ने बताए । उनले धेरै जसो घरेलु हिंसा महिला माथि नै हुने गरेको बताए । उनले भने–‘महिलाहरु यो वा त्यो नाममा पीडित भैरहेका छ्न उनले भने छिटै नै सेफ हाउस बनाउनेछौ, सबै मिलेर लागे हिंसा न्यूनीकरण गर्न सहज हुन्छ ।

  कार्यक्रममा बोल्दै नगर उपप्रमुख प्रेम कुमारी थापाले प्रहरी र न्यायिक समिति बिच समन्बय हुन जरुरी रहेको बताइन । घरेलु हिंसा न्युनिकरणका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने उनको भनाइ थियो । कार्यक्रममा इलाका प्रहरी कार्यलय सुखडका प्रमुख सागर बोहोराले घरेलु हिंसा हुनुका कारण हिंसा गर्दा पाउने सजाय,कानुनका बारे जानकारी गराएका  थिए ।