धनगढी पोष्ट सोमबार, २८ पुष २०८२   January 12, 2026

११ वर्ष जेल सजाय सुनाए पछि फरार अभियुक्त पक्राउ

११ वर्ष जेल सजाय सुनाए पछि फरार अभियुक्त पक्राउ

धनगढी

बलात्कार मुद्दामा सजायसुनाए पछि फरार भएका अभियुक्त पक्राउ परेका छन् ।

दोसी प्रमाणित गर्दै २०७४ मंसिर २४ गते जिल्ला अदालत कैलालीले ११ बर्ष कैद सजाय सुनाए पछि भजनीका दिर्घबहादुर कामी फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्ला अदालत कैलालीबाट बलात्कार गरेको आरोप प्रमाणित भई ११ वर्ष जेल सजाय सुनाएपछि फरार भएका भजनी नगरपालिका५ का  कामीलाई शनिबार पक्राउ गरिएको हो ।

 पक्राउ परेका कामीलाई आइतबार अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।