धनगढी पोष्ट बुधबार, २४ बैशाख २०८२   May 7, 2025

याक नेपालको १६ औं बार्षिक साधारण सभा सम्पन्न

याक नेपालको १६ औं बार्षिक साधारण सभा सम्पन्न

धनगढी

 परिवर्तनका लागि कार्यरत युवा समुह (याक) नेपालको १६ औं बार्षिक साधारण सभा धनगढीमा सम्पन्न भएको छ ।

 याक नेपालका अध्यक्ष धनबहादुर रावलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा याक नेपालका संस्थापक तथा सल्लाहकार समिति संयोजक बलबहादुर रोकाया प्रमुख अतिथि रहेका थिए ।

 कार्यक्रममा याक नेपालका महासचिव हृदय पुजाराले संस्थाका संस्थागत प्रगति प्रस्तुत गर्दै संस्थाको उद्देश्य, साझेदारी सस्था संगको समन्वय र सहकार्यको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

 यसैगरि याक नेपालका कार्यकारी निर्देशक डबल बमले परियोजनाको प्रस्तुती करण गर्दै आर्थिक बर्ष २०७६÷०७७ मा गरिएका कार्यक्रम, कार्यक्रम कार्यान्वयनको अवस्था, कार्यक्रम सञ्चालन गर्दा देखिएका चुनौती, तथा आगामी चालु आर्थिक बर्षमा गरिने कार्यक्रमका बारेमा तयार पारिएको कार्यक्रम प्रस्तुत गरेका थिए भने संस्थाकी कोषाध्यक्ष संगिता अधिकारीले संस्थाको लेखा परिक्षण तथा अनुमानित आगामी आर्थिक बर्षको बजेट तथा योजनाका बारेमा कार्यपत्र प्रस्तुत गरिन् ।

संस्थाकी उपाध्यक्ष सुलोचना कडायतले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सञ्चालन महासचिव हृदय पुजाराले गरेका थिए । याक नेपालको बन्द सत्र पनि मंगलबारनै सम्पन्न भएको महासचिव हृदय पुजाराले बताए ।