धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कैलालीमा चोरीएका ७ वटा मोटरसाईकल सहित ६ जना पक्राउ

कैलालीमा चोरीएका ७ वटा मोटरसाईकल सहित ६ जना पक्राउ

धनगढी

 कैलालीमा चोरी भएका ७ वटा मोटरसाईकल सहित त्यसमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

  जिल्लाका बिभिन्न ठाउँबाट बिभिन्न मितिमा चोरी भएका ७ वटा मोटरसाईकल सहित चोरीमा संलग्न ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको  छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एबं प्रहरी नायव उपरिक्षक  प्रतिक बिष्टका अनुसार यहि मंसिर २९ गते धनगढी उपमहानगरपालिका १ स्थित मालपोत कार्यालय अगाडी पार्किङ गरि राखेको से ३ प नम्बरको सुपर स्पेलेण्डर मोटरसाईकल चोरी भएको प्रहरीमा जाहेरी पछि खोजी गर्दा त्यो सहित चोरीका अन्य मोटरसाईकल र त्यसमा संलग्न ब्यक्तिहरु पक्राउ परेका हुन ।

  उक्त चोरी भएको मोटरसाईकल कैलालीको घोडाघोडी नगरपालिका २ का अर्जुन बिष्टले चलाईरहेको अबस्थामा घोडाघोडीमै फेला परेको बताउँदै प्रहरी नायब उपरिक्षक बिष्टले त्यसमा थप खोजतलास गर्दा चोरीका अन्य मोटरसाईकल र त्यसमा संलग्न ब्यक्ति फेला परेको जानकारी  दिए ।

उनका अनुसार पक्राउ गरिएका ७ वटा मोटरसाईकल मध्य ५ वटा मोटरसाईकल धनीको पहिचान भएको र २ वटाको पहिचान भएको छैन । पहिचान नभएका मोटरसाईकलका मालिकलाई सम्पर्कमा आउन पनि सुचना गरिएको उनले  बताए । पक्राउ परेका ६ जनालाई सवारी धनीको जाहेरीको आधारमा मोटरसाईकल चोरी शिर्षकमा मुद्धादर्ता गरीएको प्रहरी नायब उपरिक्षक बिष्टले बताए ।

  बिष्टका अनुसार पक्राउ परेकामा अर्जुन बिष्ट सहित,घोडाघोडी नगरपालिका १० का पारस बिष्ट, सोही ठाउँका यमराज विक, गजेश चौधरी, बिदुर लामिछाने  र बिकास सुबेदी रहेका छन् । उनीहरुले ति चोरीका मोटरसाईकलमा कसैमा नम्बर प्लेट परिबर्तन गरेर र कसैले बोडी नै परिबर्तन गरेर चलाईरहेको अबस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बिष्टले बताए । उनले भने–‘ कैलालीमा मोटरसाईकल चोरीका घटना धेरै भएका छन्, यो चोरी गर्ने एउटा गिरोह नै हुन सक्छ, हामी थप अनुसन्धान गदैछौं ।