धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बैतडीमा जीप दुर्घटना

बैतडीमा जीप दुर्घटना
hile photo

धनगढी

 धनगढीबाट बैतडी गएको जीप दुर्घटनाहुँदा जीप चालकको मृत्यु भएकोछ ।

 से १ ज ८४३ नम्बरको बलेरो जिप बैतडीको सुर्नया गाउँपालीका७ आलुगैरामा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा गरी जीप चालक बझाङको बुङ्गल नगरपालिका ११ बस्ने २६ बर्षे धन बहादुर बोहराको मृत्यु भएको छ । दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

 घाइते हुनेमा बैतडीको पुर्चौडी नगरपालिका ४ का ३५ बर्षे जनकराज भट्ट, ४० बर्षे गंगादत्त भट्ट र बझाङको चिरबित्थड गाउँपालिकाका २७ बर्षे हरिश बोहरा रहेका छन् । घटना स्थलमा घाइते भएका मध्य जनकराज भट्ट र गंगादत्त भट्टको अवस्था गम्भिर रहेको प्रहरीले जनाएकोछ ।

 बोहराको स्वास्थ्य अवस्थगा भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गम्भिर घाइते भएका दुवै जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पु¥याइएको छ ।