धनगढी पोष्ट
बिहिबार, ०९ पुष २०७७ मा प्रकाशित
धनगढी
आगोताप्ने क्रममा शरिरमा आगो सल्किएर कञ्चनपुरको पुनर्वास नगरपालिकामा १ महिलाको मृत्यु भएको छ ।
बिहीबार बिहान आगो ताप्ने क्रममा पुनर्वास नगरपालिकाकी ४३ बर्षीया गीता देवी थापाले लगाएको लुगामा आगोलाग्दा उनि घाइते भएकिथिइन् ।
घाइते थापालाई यपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पताल ल्याउँदै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।
घरमा एक्लै आगो तापीरहेकी उनी आगो ताप्दाताप्दै बोहोस भइ लडेपछि लुगामा सल्केको आगोले बढी डढाएको थापा क्षेत्रिले बताए ।